किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान « Khabarhub

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ ।

कम्तीमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै आएका, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानबाट आवेदन माग गरिएको नगरपालिका पशु शाखा प्रमुख शिवबावु देवकोटाले बताए । एकजना किसानलाई गोठ सुधारका लागि नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान दिइनेछ । गोठसुधार कार्यक्रम नगरपालिका र कृषकको ५०/५० प्रतिशत साझेदारी रहने छ । उक्त कार्यक्रमका लागि नगरपालिकामा ३८ जना कृषकले आवेदन दिएका थिए।

आवेदन परेका पशुफर्मको अनुगमन समितिले स्थलगत अध्ययन गरी १२ जना कृषकलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । गतवर्ष कुनै पनि अनुदानको कार्यक्रममा सहभागी नभएका, परम्परागत भन्दा पनि व्यवसायीक रुपमा, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदानका लागि छनौट गरिएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

गोठ सुधार कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा गोठ सुधार, काउ म्याट वितरण, च्यापकटर, क्यान वितरण, मासु पसल सुधार कार्यक्रम, लोकलकुखुरा संरक्षण लगायतमा अनुदान दिएको सुयलले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ३३ बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको