प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति विरोधमा उत्रिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समितिले ३ फागुनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति गरेको नाम सिफारिस र कुलपतिलगायतका नियुक्ति प्रचलित नेपालको संविधानविपरीत भएकोले आफूहरु आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

सोही नियुक्तिविरुद्ध आफूहरूले न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको उनीहरूले पत्रकार सम्मेलन गरी जानकारी दिए। अदालतले सुनाउने फैसला सहर्ष स्विकार्ने उनीहरूले बताएका छन् ।

अहिलेको प्रजातान्त्रिक व्यवस्थामा दलहरुले नै भागबन्डा गरेर नियुक्त गर्ने गरे पनि सक्षम व्यक्तिलाई मात्र पदमा राख्नुपर्ने उनीहरुको माग छ । साथै उनीहरूले नियुक्त भएका व्यक्तिहरूको योग्यताबारे जनतालाई जानकारी दिन उनीहरूको बायोडाटा सार्वजनिक गर्न सरकारसमक्ष चुनौती पेश गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ५० बजे

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक