राजनीति

एमालेको एकल बहुमतको सरकार बनाउन ग्रासरुट अभियान : पौडेल

By खबरहब

March 26, 2023

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनको दाबी छ ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।

समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिएको भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।