विद्युत आपूर्ति प्रणालीमा सुधार आवश्यक छ | Khabarhub Khabarhub

विद्युत आपूर्ति प्रणालीमा सुधार आवश्यक छ

नीति, नियम र नियमावलीलाई निर्देशिकाले ओभरल्याप गर्नु हुँदैन



सबैभन्दा पहिला हाम्रो आपूर्ति प्रणाली बारे थाहा पाउनु आवश्यक हुन्छ। त्यो आपूर्ति प्रणालीको अवसर र चुनौतीहरू कुन किसिमका हुन सक्छन्। यो पछिल्लो समय एक महिना अगाडिको हामीले बिजुली जति बाली राखेका छौँ जति घरमा खपत भइरहेको छ। त्यो हिसाबले हेर्दा एउटा ‘ग्रामीण विद्युत आपूर्ति सिस्टम’ जुन स्याङजा एरियाको हो। यहाँ करिब १०० केवीए टान्सफर्मरको आपूर्ति हेर्दा बिहान ‘पिक’ देखिन्छ। र त्यसको हाराहारीमा औषत लोड देखिन्छ।

त्यो बिहानको पिक भन्दा करिब तीन गुणा बेलुकाको पिक छ। हाम्रो आपूर्ति प्रणालीलाई यसले कतिको असर पारेको छ । हामीलाई चाहिएको के हो ? त्यो किसिमले हेर्नुपर्छ।

हाम्रो अहिलेको औषत आवश्यकता वा माग भनेको १२ सय मेघावाट र ‘इनिस्टल क्यापासिटी’ २५ सय पुगिसक्यो। काठमाडौंको कुनै ठाउमा दिउँसोको समयमा लोड बढेको छ। बिहान ९ बजेदेखि १०-११ सम्म लोड घटेको छ। दिउँसो ४ बजेदेखि ७ बजेसम्म लोड घटेको छ। अफिस समय ९ देखि ११ मा अफिस पुग्ने समय भएकाले लोड घटेको छ। अब ३ बजेपछि अफिसबाट मान्छे निस्कँदै छन्। त्यो समयमा पनि लोड घटेका छ।

बेलुकाको ‘पिक’ भनेको प्राधिकरणले कुनै पनि समयलाई पिक भनेको छैन। यसमा हामीले पर क्यापिटल कन्जमसन जुन योजना बनाउछौँ त्यो पोइन्टलाई नियाल्नु पर्छ। यसलाई अध्ययन नगरिकन पर क्यापिटल कन्जमसन हामी यति उति पुर्याउछौँ भन्नुको कुनै अर्थ नै छैन।

औद्योगिक क्षेत्रमा एउटा युटिलिटिले खपतमा कसरी असर पारिरहेको छ। अफिस समयमा उद्योग सञ्चालन गर भनेको छ। बाँकी समयमा बेस लोड छ। बेस लोडमा आधारभूत आवस्यकताको हिसाबले साना उद्योग मात्र चलेका छन्। ठूला उद्योग जसले मेजर पावर खपत गरिरहेको छ। त्यो भने चलेको छैन।

ऊर्जा क्षेत्रको चुनौती र अवसरको कुरामा हाम्रो आन्तरिक खपत यदि उद्योगलाई हामीले निरन्तर दिन्छु क्वालिटी मेन्टेन गर्छु भन्ने हो भने यसको पिक चाहिँ देखिँदैन।

कर्णली रिभर बेसिनको वाटर डिस्चार्जको अवस्थामा मौसम परिवर्तन र कारक प्रशोधन जसले आउँदो वर्षमा कस्तो असर पर्छ। यो हाम्रो मागको अवस्था हो। जति बेला माग हुन्छ त्यो बेला हाम्रो खोलामा पानी छैन। हामी संम्बन्धित क्षेत्रमा योजना बनाउन सक्दैनौँ। डिजाइन लेवल १०० प्रतिशत क्युको तीन गुणामाथि छ। आजसम्म सरकारले योजना बनाउदा स्टोरेजमा ध्यान दिएको छैन।
प्राधिकरण त्यसको जिम्मेवार सस्था हो। यो विषयमा किन ध्यान दिएन भनेर हामीले सोध्न सक्नुपर्छ।

अहिले हामीले डिजाइनको लेभल बढाएर भ्यालु कम हुँदैन। माग र आपूर्तिको सन्दर्भमा हाम्रो आफ्नो स्रोतको अपटीमाइजेसन कसरी गर्ने ? हाम्रो चुनौती र अवसर यही छ।

अहिलेको हाम्रो चुनौती ’भ्यालु फिल्ड गराउन’ र अवसर अहिलेको डिजाइन र मागको लेभललाई हेर्दा टेडिङ हुन सक्ने अवस्था हेर्दा उत्पादन जति अन्तरिक रुपमा नै खपत गर्ने देखिन्छ। हामी अन्तरिक खपतलाई महत्त्व दिने कि ट्रेडिङलाई यो पनि महत्वपूर्ण विषय हो।

ऊर्जा मन्त्रालयको रिर्पोट अनुसार हाम्रो जम्मा सबै स्रोत मिलाएर पर क्यापिटा कन्जमसन ५२५० किलोवाट हो। सबै स्रोत काठ, दाउरादेखि लिएर सबै स्रोत अहिले हाम्रो खपत ३५१ रहेको छ।

उत्पादकत्व बढाउने हो भन्ने हामी कृषिलाई ऊर्जासँग जोड्नुपर्छ। यसले उत्पादकत्व बढाउन सहयोग गर्छ। यसमा सामान्य पोलिसि इन्भेस्टमेन्ट हाम्रो नीति जुन छ त्यही नीतिको आधारमा बनेको ऐन त्यसपछि बनेको नियमावली र निर्देशिकालाई आधार मान्नुपर्छ। यहाँ नीति, ऐन र नियामावलीलाई त निर्देशिकाले जहिले पनि ओभर ल्याप गर्छ। त्यो गर्नु हुँदैन।

एउटा ट्रान्सफरमा १३ प्रतिशत पिक लिक भएको थियो। चार वटा अध्ययन भएको छ। त्यसमा कुन कुन खालका लोड कस्ता हुन भनेर वर्गीकरण गर्नुपर्छ। यही टेकनिक हामीले उत्पादनमा पनि लगाउने हो भने जहाँ चुनौती छ त्यहाँ अवसर पनि रहेको हुन्छ। प्राविधिक कारणले हामीलाई चुनौती छैन। आन्तरिक खपत आजको भोलि बढ्दैन।

विगत ८ महिनामा ग्यासको खपत घट्यो भनेर पत्रिकामा आएको थियो। कारण के हो भन्दा विजुली तिर आकर्षण बढेको छ। अहिले केही हदसम्म इन्डक्सन चुह्लो प्रयोग गर्ने बढेका छन्। धेरैको ध्यान इन्डक्सन चुह्लोमा गएको छ। त्यसले एउटा सटेन लेभलसम्म ग्यासको प्रयोग घटाउन सक्छ।

हामीले स्टाटिजिक ग्रोथ गर्नु छ। हामीले सरकारको योजना अनुसार नै १५ सय किलोवाट आवर पुर्याउनु छ भने सबैभन्दा पहिले वितरण प्रणालीका पूर्वाधारमा सुधार गर्नुपर्छ। वितरण प्रणाली आज भन्दा २५ वर्ष अगाडि मैले बनाएको लाइन अहिले पनि खपत गर्ने ठाउँमा एउटा पोलले मात्र काम गरेको छ। त्यसलाई सुधार गर्नुपर्छ।

वार्षिक तीन हजार इन्जिनियर उत्पादन हुन्छन्। उनीहरु बाहिर गए पनि अपडेट भएर जान्थे। यस्ता खालको टेकनिकल अध्ययन गराउन सक्नुपर्छ। (खबरहबले आयोजना गरेको ‘ऊर्जा क्षेत्रमा चुनौती र अवसर’अन्तरक्रिया कार्यक्रममा जलविद्युत प्रबन्धक सूर्यप्रसाद अधिकारीले राखेको धारणको सम्पादित अंश)

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ४४ बजे

बारबर्दियाका विद्यालयमा थारू भाषाका पाठ्यक्रम

बर्दिया– बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने

गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ

शरीर मलेसिया र आत्मा नेपाली भएको आख्यान ‘निरजोया’

हङकङ्गे नेपाली साहित्यकार दाजु गुरुङको तेस्रो कृति हो-निरजोया। यसअघि दाजुकृत

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुन

भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा

काठमाडौं– भारतको गुजरातमा २ सय वर्गमाइल क्षेत्रफलमा वायुऊर्जा केन्द्र सञ्चालनमा