बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम « Khabarhub

बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षीय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय साल झण्डीको व्यवस्थापन तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

९ वर्षदेखि नेपालमा अभियान चलाउँदै आएका कोविद शरण उपाध्यायले शिक्षा र चेतनाको अभावले रुपन्देहीसहित देशका विभिन्न क्षेत्रमा अझै पनि बोक्सी, बोक्साको कुप्रथा, अन्धविश्वासका कारण दुखद घटना हुने गरेकोले आगामी १५ वर्षमा उन्मुलन गर्ने लक्ष्यका साथ अभियान चलाउँदै आएको बताए ।

देशका विभिन्न ४० जिल्लामा ५०१ अभियान चलाएको प्रतिष्ठानले रुपन्देहीमा ३ वटा कार्यक्रम सञ्चालन गरेको छ । पोखराको हेम्जाबाट सुरुवात भएको अभियानको लक्ष्य नै नेपालबाट सती प्रथा जस्तै बोक्सी प्रथाको उन्मुलन गर्नु नै रहेको उपाध्यायले भने ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुरीतिको कारण रुपन्देहीमा अबोध बालिकाको ज्यान गए पनि यस्ता घटना नदोहोरिन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताए । समाजमा धेरै कुरीति र कुसंस्कार रहेकोले यसलाई हटाउन सबैले मानसिकता, र सोचमा परिवर्तन गर्न जरुरी रहेको बताए । कानुनले पनि बन्देज गरेको छ, सोच र मानसिकतामा परिवर्तन आए व्यवहारिकतामा ल्याई सहजै यस्ता कुसंस्कारलाई उन्मुलन गर्न सकिने प्रजिअ पाण्डेले भने ।

बोक्सी, छाउडी जस्ता गलत धारणाका कारण कुप्रथाहरू बसेकोले यसको जरै देखि उन्मुलन गर्नका लागि सैनामैना १० स्थित झिमझिमीयाको सामुदायिक भवनमा सचेतना जगाउन तथा जागरूकता प्रदान गर्न बोक्सी प्रथा सम्बन्धी ‘अग्नि दहन’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ । भुल्के सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवीहरू, आमा समूह टोल विकास संस्था, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा तथा स्थानीयहरूको समूहमा सचेतना जगाउँदै समाजमा भएको बोक्सी प्रथा जस्ता विकृतिप्रति जागरूकता जगाउन कार्यक्रम आयोजना गरिएको सैनामैना वडा नं. १०का अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : ४९ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित