बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम « Khabarhub

बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षीय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय साल झण्डीको व्यवस्थापन तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

९ वर्षदेखि नेपालमा अभियान चलाउँदै आएका कोविद शरण उपाध्यायले शिक्षा र चेतनाको अभावले रुपन्देहीसहित देशका विभिन्न क्षेत्रमा अझै पनि बोक्सी, बोक्साको कुप्रथा, अन्धविश्वासका कारण दुखद घटना हुने गरेकोले आगामी १५ वर्षमा उन्मुलन गर्ने लक्ष्यका साथ अभियान चलाउँदै आएको बताए ।

देशका विभिन्न ४० जिल्लामा ५०१ अभियान चलाएको प्रतिष्ठानले रुपन्देहीमा ३ वटा कार्यक्रम सञ्चालन गरेको छ । पोखराको हेम्जाबाट सुरुवात भएको अभियानको लक्ष्य नै नेपालबाट सती प्रथा जस्तै बोक्सी प्रथाको उन्मुलन गर्नु नै रहेको उपाध्यायले भने ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुरीतिको कारण रुपन्देहीमा अबोध बालिकाको ज्यान गए पनि यस्ता घटना नदोहोरिन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताए । समाजमा धेरै कुरीति र कुसंस्कार रहेकोले यसलाई हटाउन सबैले मानसिकता, र सोचमा परिवर्तन गर्न जरुरी रहेको बताए । कानुनले पनि बन्देज गरेको छ, सोच र मानसिकतामा परिवर्तन आए व्यवहारिकतामा ल्याई सहजै यस्ता कुसंस्कारलाई उन्मुलन गर्न सकिने प्रजिअ पाण्डेले भने ।

बोक्सी, छाउडी जस्ता गलत धारणाका कारण कुप्रथाहरू बसेकोले यसको जरै देखि उन्मुलन गर्नका लागि सैनामैना १० स्थित झिमझिमीयाको सामुदायिक भवनमा सचेतना जगाउन तथा जागरूकता प्रदान गर्न बोक्सी प्रथा सम्बन्धी ‘अग्नि दहन’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ । भुल्के सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवीहरू, आमा समूह टोल विकास संस्था, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा तथा स्थानीयहरूको समूहमा सचेतना जगाउँदै समाजमा भएको बोक्सी प्रथा जस्ता विकृतिप्रति जागरूकता जगाउन कार्यक्रम आयोजना गरिएको सैनामैना वडा नं. १०का अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्