स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको पारिश्रमिक बढाउन सांसद शाहीको प्रस्ताव « Khabarhub

स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको पारिश्रमिक बढाउन सांसद शाहीको प्रस्ताव


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब बढाउन प्रस्ताव गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् ।

मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको पारिश्रमिक रहेको भन्दै उनले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गरेका हुन् । यसका लागि मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गर्न उनले प्रस्ताव गरे ।

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पहलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पहलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडीमुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ३० बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको