आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्छ : सांसद कोइराला « Khabarhub

आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्छ : सांसद कोइराला


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा पुगेको बताए । देशको आर्थिक अवस्था सुधार्न र जनताको समस्या समाधान गर्न दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि चुनौती बढेको बताउँदै उनले गणतन्त्र र अर्थतन्त्रमाथि संकट आउँदा बाह्य कारण खोजेर मात्रै समाधान नहुने बताए ।

गणतन्त्र र अर्थतन्त्रमा आएको चुनौतीको कारण स्वयं राजनीतिक दलहरु रहेका र समाधानका लागि पनि दलहरु नै जिम्मेवार र नैतिक आत्मबोध गरेर गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया