नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताए । “अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ”, उनले भने । उनले समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।

सचिव सिंहले अनुशासनहीनता, लापर्वाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्ने उल्लेख गरे । प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले प्रहरी प्रशासनमा अझै पनि पूर्णरुपमा सुधार नदेखिएको जनाउँदै प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटि लुकाएर प्रशासन बलियो नबन्ने जनाउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।

उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना तथा विकल्पविना काम गर्ने प्रतिबद्धता जनाए । शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने बताए । कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : १६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान