नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताए । “अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ”, उनले भने । उनले समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।

सचिव सिंहले अनुशासनहीनता, लापर्वाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्ने उल्लेख गरे । प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले प्रहरी प्रशासनमा अझै पनि पूर्णरुपमा सुधार नदेखिएको जनाउँदै प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटि लुकाएर प्रशासन बलियो नबन्ने जनाउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।

उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना तथा विकल्पविना काम गर्ने प्रतिबद्धता जनाए । शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने बताए । कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : १६ बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला