राजनीति

अर्को चुनावमा एमालेले एकल बहुमत ल्याउँछ : उपाध्यक्ष पौडेल

By खबरहब

March 26, 2023

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन् ।

आज बिहान सुर्खेत पुगेका उपाध्यक्ष पौडेलले विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा यसै अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे ।

उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए ।