पृथ्वी राजमार्गअन्तर्गत विमलनगर - घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने | Khabarhub Khabarhub

पृथ्वी राजमार्गअन्तर्गत विमलनगर – घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने जानकारी दिएका हुन् ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ ।

यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए । उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो । यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो ।

गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए । उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : २० बजे

सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

काठमाडौँ– आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते) शनिबारका

किन मनाइन्छ, सोह्र श्राद्ध ?

काठमाडौं – दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल असोज १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष