‘चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन’ « Khabarhub

‘चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन’


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संविधानसभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् । राष्ट्रिय एकता अभियानले आइतबार काठमाडौंमा आयोजना गरेकाे ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।यसले नेपालको राजनीतिमा गम्भीर असर पार्छ ।’

त्यस्तै गोष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए । उनले भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ। नेपाललाई हरेक क्षेत्रमा कमजोर पार्ने षडयन्त्र भइरहेको छ । उदाहरणको रुपमा पोखरा विमानस्थललाई लिन सक्छौ । आफै लगानी गरेर चीनले अहिले पोखरा विमानस्थल कब्जामा लिन खोजीरहेको छ ।’

त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा बताए ।चीनले बीआरआईमार्फत नेपाललाई ऋणको जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको उनको आरोप छ ।

त्यस्तै अर्का सहभागी सीताराम अग्रवालले चीनले पछिल्लो समय नेपालको भूभाग मिचेको समचारहरु आएको बताए। चिनियाँ नागरिक नेपालमा अवैध गतिविधि गरेको र उनीहरुका यस्ता हर्कतले देशको सुरक्षा नै खतरामा परेको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा सहभागी अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनको विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ४१ बजे

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक