भारतको अरुणाचल प्रदेशमा तीन नयाँ प्रजातिका भ्यागुता फेला « Khabarhub

भारतको अरुणाचल प्रदेशमा तीन नयाँ प्रजातिका भ्यागुता फेला


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी भारतको अरुणाचल प्रदेश राज्यमा तीन नयाँ प्रजातिको भ्यागुता फेला परेका छन् ।

भारतको जुलोजिकल सर्भे (जेडएसआई) र सेन्ट एन्थोनी कलेज, शिलोङका खोजकर्ताहरुले अरुणाचल प्रदेशमा तीन प्रजातिका भ्यागुता फेला पारेका हुन् ।

ती भ्यागुताको प्रजातिको नामकरण पनि भएको इस्टमोजोले जनाएको छ । यसअनुसार भ्यागुताको एउटा प्रजातिको नाम तवाङ, अर्कोको नाम सेसा अर्किड अभयारण्य र तेस्रोको मौर्य साम्राज्यका चाणक्यको नाममा नामकरण गरिएको छ ।

वैज्ञानिक हिसाबमा तीन वटै नयाँ प्रजातिहरू वास्तविक भ्यागुता परिवार रानिडेसँग सम्बन्धित रहेको जनाइएको छ । यी नयाँ प्रजातिहरूलाई अमोलोप्स चाणक्य, अमोलोप्स तवाङ र अमोलोप्स टेराओर्किस नाम दिइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यीमध्ये अमोलोप्स चाणक्य अरुणाचलको दिराङमा फेला परेको हो भने अमोलोप्स तवाङ तवाङमा फेला परेको हो । त्यसैगरी, अमोलोप्स टेराओर्किस भने सेसा अर्किड आरक्षामा फेला परेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ३० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको