सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’ « Khabarhub

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो ।

जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताए। टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्र सवारी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको प्रमुख खतिवडाको भनाइ छ ।

“यात्रुलाई छिटो पुग्नुपर्ने र चालकलाई जतिसक्दो कुदाउन मन लाग्ने हुँदा सवारीको गति बढ्छ । तीव्र गतिको सवारी दुर्घटनाको जोखिममा पर्छ । सवारी अनियन्त्रित भएरै धेरैजसो दुर्घटना भएका छन्”, प्रमुख खतिवडाले भने, “तीव्र गतिका कारण हुने दुर्घटना रोक्न हामीले टाइमकार्डम लागू गरेका छौँ । निश्चित समय तोकिएको हुन्छ, यदि त्यो समयभन्दा अगाडि आइपुग्ने सवारीलाई प्रहरीले तत्काल कारबाही गर्छ ।”

पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको भन्दै निश्चित दूरी पार गर्न समय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्लामा यसअघि पनि टाइमकार्ड लागू गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो समय प्रहरीले टाइमकार्ड हेर्न छाडेपछि चालकले सक्दो तीव्र गतिमा सवारी चलाउने गरेका थिए ।

यसैबीच ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौँलगायत देशका विभिन्न स्थानमा आवतजावत गर्ने सार्वजनिक सवारीले अनिवार्य बस पार्कमा प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ । सिद्धिचरण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय र सरोकारवाला कार्यालयहरूको सर्वपक्षीय बैठकले दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गर्ने र रमाइलो डाँडाको बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ४४ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण