कुस्तीमा अमेरिकी प्रभाव | Khabarhub Khabarhub

कुस्तीमा अमेरिकी प्रभाव


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खेलकुदमा अमेरिकी प्रभाव र पकडको कथा आधुनिक ओलम्पिकको सुरुवातदेखि नै हो। यसरी शताब्दीसम्म पकड राख्ने अमेरिकाको महत्त्वपूर्ण खेल कुन हो ? भन्नेमा बहस हुन सक्छ। अमेरिकी सकर, बेसबल या बास्केटबल। यी खेल लोकप्रिय भए पनि अमेरिकाको ओलम्पिक साख अहिलेसम्म कायम रहनुमा सबै भन्दा बढी देन एथलेटिक्स र पौडीकै छ। त्यसो त यी दुई खेल मात्र होइन, अन्य खेलमा पनि अमेरिकी प्रभाव नभएको होइन। जसका कारण ओलम्पिक खेलकुदमा लामो समयदेखि अमेरिकाले नै पहिलो स्थान पाएको छ।

जिम्न्यास्टिक र कुस्ती पछिल्लो समय अमेरिकाको प्रमुख खेलको रूपमा स्थापित हुँदै आएका छन्। जिम्न्यास्टिकको महिला स्पर्धा तथा कुस्तीको पकडले अमेरिकालाई विश्व खेलकुदको महाशक्तिको रूपमा पनि स्थापित गराउन सहयोग गरेको छ। सन् २०२२ को विश्व कुस्ती च्याम्पियनसिपमा अमेरिकाले इतिहासमै सबै भन्दा धेरै सफलता पाएको थियो। तर, त्यसमा चिर परिचित प्रतिद्वन्द्वी रुसमाथिको प्रतिबन्ध पनि कुनै एक कारण हुन सक्थ्यो।

इतिहासमा नै सबै भन्दा धेरै पदकको सफलता पाएको अमेरिकाको त्यो सफलतामा रुस र युक्रेन बीचको युद्ध मुख्य कारण बनेको थियो। सोही युद्धका कारण रुस र बेलारुसलाई विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन प्रतिबन्ध लगाइएको थियो।

सोही विश्व च्याम्पियनसिपमा केल स्नाइडरले तेस्रो पटक उपाधि जिते। सन् २०१६ का ओलम्पिक च्याम्पियन स्नाइडर उनले फाइनलमा स्लोभाकीयाका बेट्राबायक साकालुभलाई ६–० ले हराए। सात स्वर्णसहित १५ पदक जितेर अमेरिका च्याम्पियन भएको हो।

इतिहासमा नै सबै भन्दा धेरै पदकको सफलता पाएको अमेरिकाको त्यो सफलतामा रुस र युक्रेन बीचको युद्ध मुख्य कारण बनेको थियो। सोही युद्धका कारण रुस र बेलारुसलाई विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन प्रतिबन्ध लगाइएको थियो। रुसले टोकियो ओलम्पिकमा अमेरिकापछि सबैभन्दा धेरै पदक जितेको थियो।

त्यसो त स्नाइडरका मुख्य प्रतिद्वन्द्वी नै रसियन थिए। लगातार रुसका अब्दुल रदिसादुलदायेभ थिए। उनी गत विश्व च्याम्पियनसिपमा सहभागी थिएनन्। सादुलदायेभ र स्नाइडर पछिल्ला पाँच विश्वस्तरीय प्रतियोगितामध्ये चार वटामा भेटेका थिए। ती मध्येका अन्तिम तीनमा रुसी खेलाडीले सफलता पाएका थिए। त्यसो त रुसी खेलाडीको अनुपस्थिति पछि बम्पर नै परेको तथा अन्य कुन प्रतिस्पर्धी नै नभएको प्रतिक्रिया उनले दिएका थिए। अमेरिकालाई पहिलो स्थान दिलाउने क्रममा सात जनाले विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

स्वर्ण पदक जित्ने सात जनामा ७४ किलोमा कायल डेक, ७९ किलोमा जोर्डन अर्नेस्ट ब्रउट, ८६ मा डेभिड मोरिस टेलर, ८६ मा कायल फेड्रिक स्नाइडर, महिला ५३ मा डेलिकी ओलिभिया पेरिस, ६८ मा तामिया मेलरिक स्टक र ७२ मा एमिट मिलर थिए। यसैगरी सात जना रजत पदक विजेतामा थोमस प्याट्रिक गिलम्यान, जोन मिखायल डिमलहोम, जान अलेन रिथर फोर्ड,जोर्डन माइकल टेलर कक्स,हेलन लुसी माउरेला र केला काउलेन छन्।

महिलातर्फ टिम अलराउण्डमा अमेरिकाले बेलायत र क्यानडालाई पछि पार्दै स्वर्ण पदक त जितेको थियो। तथापि व्यक्तिगत अलराउण्डमा लामो समयदेखि अमेरिकी प्रभावलाई पार गर्दै ब्राजिलकी रेबेका एनड्रेडले स्वर्ण पदक जितिन्।

महिलातर्फ टिम अलराउण्डमा अमेरिकाले बेलायत र क्यानडालाई पछि पार्दै स्वर्ण पदक त जितेको थियो। तथापि व्यक्तिगत अलराउण्डमा लामो समयदेखि अमेरिकी प्रभावलाई पार गर्दै ब्राजिलकी रेबेका एनड्रेडले स्वर्ण पदक जितिन्।

कांस्य पदक जित्नेमा सहारा अन्ना हिडेनब्रान्ट तथा म्यालोरी म्याक्सीन भालटे छन्। २०२३ को विश्व च्याम्पियनसिप १६ देखि २४ सेप्टेम्बरको बीचमा हुनेछ। यस वर्ष सो विश्व च्याम्पियनसिप अगाडि नै सबै महादेशीय च्याम्पियनसिप आयोजना भइसकेका हुने छन् । महादेशीय च्याम्पियनसिपमा सहभागी भइसकेका मध्ये कुनै पनि देश सहभागी हुन सक्ने छन्।

कुस्ती जस्तै अमेरिकाको प्रभाव देखिएको जिम्न्यास्टिकमा भने गत विश्व च्याम्पियनसिपमा त्यो प्रभाव खस्किएको छ। पुरुषतर्फ धेरै वर्षदेखि कुनै उपस्थिति देखाउन नसकेको अमेरिकाका ब्रोडी म्यलोनले होरी जेन्टरमा बारमा स्वर्ण पदक जिते।

महिलातर्फ टिम अलराउण्डमा अमेरिकाले बेलायत र क्यानडालाई पछि पार्दै स्वर्ण पदक त जितेको थियो। तथापि व्यक्तिगत अलराउण्डमा लामो समयदेखि अमेरिकी प्रभावलाई पार गर्दै ब्राजिलकी रेबेका एनड्रेडले स्वर्ण पदक जितिन्। सो स्पर्धामा धेरै अघिदेखि सिमोन वाइल्सको प्रभाव थियो।

सन् २०१६ को रियो ओलम्पिक सनसनी फैलाएकी वाइल्स त्यसपछिका दिन पनि उत्तिकै लयमा थिइन्। यसै कारण वाइल्स गत टोकियो ओलम्पिकमा पनि नायिका हुने धेरैको अनुमान थियो। अलराउण्डको खेल चली रहँदा मानसिक स्वास्थ्यका कारण उनले बीचमा नै खेल त्यागेकी थिइन्। व्यक्तिगत अलराउण्डमा सुनी लीलेले स्वर्ण पदक जित्दै सन् २००८ देखिको सफलतालाई निरन्तरता दिएकी थिइन्। सोही समयमा एनड्रेडले रजत पदक जितेकी थिइन्।

अमेरिका र लिथुवानीया बराबर एक स्वर्ण पदक जित्दै पाँचौँ स्थानमा थिए। यस वर्षको विश्व च्याम्पियनसिप भने ३० अप्रिलदेखि १४ मेसम्म उज्बेकिस्तानको तासकन्दमा आयोजना हुनेछ।

महिला स्पर्धामा जेड क्यारीले भोल्टमा स्वर्ण जित्नुबाहेक अन्य खेलाडीले सफलता पाएनन्। तथापि पाँच व्यक्तिगत स्पर्धा मध्य चार वटामा अमेरिकाले स्वर्ण पदक जितेका कारण पनि राम्रो भविष्यको आस गर्ने स्थान देखिएको हो। सो विश्व च्याम्पियनसिपमा अमेरिका र चीनले बराबर तीन स्वर्ण पदक जिते पनि रजत पदकको आधारमा अमेरिका पहिलो भएको हो। २०२४को विश्व च्याम्पियनसिपको नतिजाले पनि आगामी दिनमा अमेरिकी जिम्न्यास्टिकको भविष्य तय गर्ने छ।

गत वर्ष भएको आइवा विश्व च्याम्पियनसिप भने आश्चर्यजनक थियो। सो आश्चर्यजनक विश्व च्याम्पियनसिपमा आयोजक टर्कीले पाँच स्वर्ण पदक जितेको थियो। टर्कीलाई पछ्याउने देश आयरल्यान्डले दुई रजत पदक जितेको थियो। अमेरिका र लिथुवानीया बराबर एक स्वर्ण पदक जित्दै पाँचौँ स्थानमा थिए। यस वर्षको विश्व च्याम्पियनसिप भने ३० अप्रिलदेखि १४ मेसम्म उज्बेकिस्तानको तासकन्दमा आयोजना हुनेछ।

यी सबै परिणामलाई आधा मान्ने हो भने ओलम्पिक खेलकुदकै हकमा अमेरिकाको एउटा प्रमुख खेल कुस्ती भएको कुरा नकार्न मिल्दैन। पौडीमा सन् २०२३ को सुरुवातमा नै चार वटा विश्व कीर्तिमान भङ्ग भए। यी चार वटा विश्व कीर्तिमान नै अमेरिकी बाहेकका खेलाडीले भङ्ग गरेका थिए। तसर्थ पौडीमा अमेरिका इतिहासकै खराब अवस्थामा गुज्रिएको छ।

गत साता फ्लोरिडामा भएको सो रेसकी एउटी मुख्य आकर्षण ब्रीटन विल्सनको सफलताले अमेरिकी वृत्त उत्साहित छ। तथापि विल्सनले सफलता पाएको ४०० मिटर हर्डल्समा अहिले सिड्नी म्याकगाउलिनले एकल पकड राखेकी छिन्।

अहिले अमेरिकाका सबै जसो ट्रायकका स्टारहरू राम्रो लयमा छन्। सो लयमा ब्रटिन विल्सन पनि थपिएकी छिन्। विश्व च्याम्पियन ग्रान्ट होलवे र नोह लायस आफ्नो स्पर्धामा राम्रो अवस्थामा छन्। त्यसो त २०० मिटरका विश्व च्याम्पियन लायसले १०० मिटरमा पनि आफ्नो प्रभाव देखाइ सकेका छन्। उनले १०० मिटरमा पनि १० सेकेन्ड भन्दा कम समयमै दुरी तय गरी सकेका छन्। १०० मिटरमा निया अलीले विश्व कीर्तिमानताधारी नाइजेरियाकी तोबी अबुसानलाई हराएकी छिन्।

गत साता फ्लोरिडामा भएको सो रेसकी एउटी मुख्य आकर्षण ब्रीटन विल्सनको सफलताले अमेरिकी वृत्त उत्साहित छ। तथापि विल्सनले सफलता पाएको ४०० मिटर हर्डल्समा अहिले सिड्नी म्याकगाउलिनले एकल पकड राखेकी छिन्। ४०० मिटर दौडमा भने लामो समयदेखि विश्व स्तरीय प्रतियोगितामा अमेरिका असफल हुँदै आएको छ। विल्सनको सफलताले सायद त्यो बाटो खुल्न सक्ने छ। अर्को तर्फ यस वर्ष भएका डायमन्ड लिगमा साकारी रिचर्डसन सनसनी देखिएकी छिन्।

हामी वर्ष २०२३ को पहिलो चतुथांशलाई बिदा गरेर दोस्रो चतुथांशमा प्रवेश गरेका छौं। यसै वर्षका विश्व च्याम्पियनसिपको बहार नै सुरु हुँदै छ। यसैको आधारमा अर्को वर्ष पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदको आधार समेत तय गर्ने छ। जे भए पनि अर्को वर्ष अमेरिकी खेलकुदका धेरै पाटा यस वर्ष तय हुने छ। यसमा कुस्ती एक प्रमुख खेल भएको नकार्न मिल्दैन। स्रोत : ओलम्पिक स्पोर्ट्स,एनबीसी स्पोर्ट्स, अमेरिकी ट्र्याक एन्ड फिल्ड

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला