पुनः चुनाव लड्ने वाइडेनको घोषणा « Khabarhub

पुनः चुनाव लड्ने वाइडेनको घोषणा


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्।

चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि सो लडाइँ जारी रहेकाले पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् । दोस्रो कार्यकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।

आ–आफ्नो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो पटक वाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ। फेरि प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय वाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन्।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ३५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको