अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण | Khabarhub Khabarhub

अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस  मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरेका छन् । 

सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा  प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व,  विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे। 

‘अधिकारीका विचार, काम, आदर्श सधैँ जीवित छन् । ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ’, उनले भने । उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । 

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (एमाले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनी अध्यक्ष बनेका थिए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १ : २५ बजे

रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो 

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरोध गरेपछि

सचिवहरूको स्वार्थमा प्रधानमन्त्रीले संसद्‍मा अड्काइदिए निजामती सेवा विधेयक

काठमाडौं– पूर्वमुख्य सचिव विमल कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा

रास्वपालाई सभामुखको आग्रह- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्नू

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी