राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने « Khabarhub

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।   

शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य संकट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् । 

जी सेभनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मुल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताए ।

जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

एशिया-प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरुकता अभिवेृद्धिलगायत विषयमा विचारविमर्श हुनेछ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : १२ बजे

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य