जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन : बेदराज सिंह | Khabarhub Khabarhub

जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन : बेदराज सिंह


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताएका छन् । 

सदरमुकाम खलंगामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उनले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताए । मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। 

‘जनशक्ति अभावले सेवा प्रवाह रोकिनु हुँदैन, जनतालाई दुःख दिनु हुँदैन, जनशक्ति व्यवस्थापनमा हाम्रो मन्त्रालयले केही गर्नुपर्छ भने भन्नुहोला, हामी सहमति दिन तयार छौँ’, उनले भने । मन्त्री सिंहले जनशक्ति अभावले बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भए त्यसमा ध्यान दिइने बताए । उनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । मन्त्री सिंहले तर्जुमा गरिएका योजनालाई नतिजामुखी बनाउन आवश्यक रहेको बताए । 

‘योजना तर्जुमा गरेर मात्र हुँदैन, त्यसलाई नतिजामुखी बनाउनुपर्छ, बजेट कार्यान्वयनका विषयमा अप्ठ्यारा छन्, निर्माण व्यवसायीका कारण भएको हो भने कडाइ गर्नुहोस्, प्राकृतिक विपत्तिबाहेक अन्य अवस्थामा ठेकेदार कम्पनीको म्याद नथप्नुहोस्’, मन्त्री सिंहले भने । विकासलाई गुणस्तरीय बनाउनसमेत मन्त्री उनले निर्देशन दिए । अबका योजनालाई नतिजामुखी बनाउनुको विकल्प नरहेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : १७ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको