साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनल प्रवेश | Khabarhub Khabarhub

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनल प्रवेश


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । यो जितसँगै ओमनले चार खेलमा ६ अंक बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओमनले साउदी अरेबियालाई जितको लागि तीन सय ६७ रनको चुनौती दिएको थियो । जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९४ रनमा समेटियो । साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुलल वहिलले ९५ रनको योगदान गरे । उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगदान गरेका हुन् ।

त्यस्तै साद खानले ७८ रन बनाए । उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे । हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रेहमानले १६ तथा इम्रान अरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्

बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडेद्राले तीन विकेट झारे । जिसन मोक्सुदले दुई विकेट लिँदा आयन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धशतक प्रहार गरेका थिए ।

ओमनका जितेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको समाना गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ३८ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब