मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी : कांग्रेस नेता कोइराला « Khabarhub

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी : कांग्रेस नेता कोइराला


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।”

नेता कोइरालाले आर्थिक रूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गरे ।

उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत चर्चा गर्दै ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने जोड दिए ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए ।

विराटनगर महानगरपालिकाका पूर्वप्रमुख एवं प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकले सन्तान र आफन्तबाटै अपहेलित हुनुपरेको गुनासो पोखे ।

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क आठ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको जानकारी दिए । उनले भवनको अर्को तला थपेर सङ्ग्रहालय र पुस्तकालय निर्माण गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको

सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं– र्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,