मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी : कांग्रेस नेता कोइराला « Khabarhub

मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी : कांग्रेस नेता कोइराला


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।”

नेता कोइरालाले आर्थिक रूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गरे ।

उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत चर्चा गर्दै ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने जोड दिए ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए ।

विराटनगर महानगरपालिकाका पूर्वप्रमुख एवं प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकले सन्तान र आफन्तबाटै अपहेलित हुनुपरेको गुनासो पोखे ।

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क आठ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको जानकारी दिए । उनले भवनको अर्को तला थपेर सङ्ग्रहालय र पुस्तकालय निर्माण गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा