बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या « Khabarhub

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन।

ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ। त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो। अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ। अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ।

फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन्। फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ। अहिले फोहर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ।

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन्। पैदलयात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ। बुर्तिबाङबजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ। साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए। फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ।

“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उनले भने।

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए। वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ। सिर्पाली भन्छन्, “फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ।”

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ०९ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र