बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै « Khabarhub

बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो। उनले बार्सिलोनामा झन्डै ११ वर्ष बिताएका छन्। बीबीसी स्पोर्टसका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमति भइसकेको छ।

बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भूमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिने छ, बार्सिलोनाका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ।

यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल खेल खेलेका थिए। उनले बार्सिलोनावाट चार सय ५८ खेलमा सहभागी जनाएका थिए। स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन्।

बार्सिलोना छाडन लागेका उनले यसपछि के गर्छन् ? त्यो भने खुल्न सकेको छैन।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : २१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा