अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह « Khabarhub

अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ।

बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म खलनायकको भूमिकाबाट फ्यानको मनमा विशेष स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्।

उनले कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । हाल विवाहका तस्बिरहरू सोशल मिडियामा ट्रेन्डिङमा छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरुले उनको नयाँ इनिङ्सका लागि बधाई दिइरहेका छन्।

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआलाई परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ। आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, अभिनेता आशिषले इ–टाइम्ससँ भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन्। बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन्। उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : ५४ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका