‘पठान भर्सेस टाइगर’का लागि खतरनाक भिलेनको खोजी « Khabarhub

‘पठान भर्सेस टाइगर’का लागि खतरनाक भिलेनको खोजी


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ। शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ।

फिल्मका लागि यशराज फिल्मस्ले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका छैनन्। फिल्मको काम आगामी वर्षको जनवरीबाट सुरु गर्ने तयारी भइरहेको छ। सिद्धार्थ आनन्दको निर्देशन रहने फिल्ममा दीपिका पादुकोण र कटरीना कैफरको पनि अभिनय रहनेछ। फिल्ममा उनीहरुको भूमिका समान रहने बताइएको छ।

‘फिल्मको नाम पठान भर्सेस टाइगर हो, तर यसको अर्थ यो होइन कि यसमा दुई जासुसबीचको दुश्मनी हुनेछ। फिल्ममा एक सामान्य भिलेन देखाइने छ, जसका विरुद्ध दुई जासुस लड्नेछन्। निर्देशक सिद्धार्थ फिल्ममा खतरनाक भिलेनका लागि कुनै ठूला स्टारको खोजीमा छन्, जसको लेभल हिरोको जस्तै होस्’, फिल्म निकट स्रोतले भनेको छ। हाल निर्माण युनिटले एक्सन सेटको डिजाइनको काम गरिरहेको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ५२ बजे

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई

काठमाडौँ – बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।

विकासका नाममा सभ्यता नाश गर्दै इजिप्ट

बिहान सखारै थियो। कालो पहिरनमा एक महिला थिइन्। गम्भीर मुद्रामा

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। संघीय संसद

ए डिभिजन लिगमा आज दुई खेल हुने 

काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज