विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु « Khabarhub

विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ।

विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतकका आफन्तले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १२ : १० बजे

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय