सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला « Khabarhub

सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुंगा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन् । 

नागढुंगा सडक पूर्वाधार र नागढुंगा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा यहाँ पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने  बताए ।

मन्त्री ज्वालाले भने, ‘नागढुंगा सडक पूर्वाधार र नागढुंगा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ ।’

‘एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ‘उनले भने, ‘केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गछौँ र छिटै समाधान गर्छौं ।’

उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताए । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो । 

आउँदो दसैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुंगा सडक आयोजनाले जानकारी दिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको छ । यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताए । सडक अनुगमनका क्रममा आज उनले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध पनि गरेका छन् ।

उनले भने, ‘उनीहरुको समस्या पनि समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन । समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौँ ।’

उनले थपे, ‘यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्‍यो समाधान गछौँ, क्याबिनेटबाट गर्नुपर्छ कि, मन्त्रालयबाट गर्नुपर्छ कि, ऐन कानुन हेरफेर गर्नुपर्छ कि, सबै कुकारका निम्ति तयार छौँ तर उहाँहरूले आफूलाई तोकिएको निर्धारित काम सम्पन्न गर्नुपर्छ आयोजना प्रमुख र कर्मचारी साथीले पनि ।’

उक्त सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुंगा नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताएका छन् । उनले कामलाई तीव्रता दिएर निर्धारित लक्ष्य पूरा गर्ने कुरामा ध्यान दिन निर्देशन दिए । 

उनले सबैसँग समन्वय गरेर निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राजधानी जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधान गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । यो सडक विश्वबैंकको सहयोगमा बनिरहेको छ । 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : ४३ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू