भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु « Khabarhub

भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता सुरु


१२ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ । 

प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा वढी प्रतिस्पर्धीहरू प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको जनाइएको छ । 

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो । ग्वाछाको करिब महिना दिनअघि अल्पआयुमै निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । 

भक्तपुर युवा टीम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टीमका अध्यक्ष केशव त्वानाबासु, पूर्व अध्यक्षहरु, मृतक ग्वाछाका सुपुत्रलगायतले खेलका विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  २ : ४७ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी