अवरुद्ध तुलसीपुर-हापुरे सडक सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध तुलसीपुर-हापुरे सडक सञ्चालनमा


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दाङ– सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर-हापुरे सडक सञ्चालनमा आएको छ । 

पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागमन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष, यातायात व्यवसायी र प्रहरीबीच सहमति भएको हो । 

बिहीबार बिहान शान्तिनगर गाउँपालिका-७ मा रहेको माध्यमिक विद्यालय जाँदै गरेकी शिक्षिका सवार रा ७ ४२३७ नम्बरको स्कुटरलाई दङ्गीशरण-५ कुमालगडीमा रा १ ज ९२३ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी शिक्षिका सीता लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पीडित परिवार आन्दोलनमा उत्रिएपछि पीडित परिवारलाई किरिया खर्च वापत रु ५० हजार, बीमा बापतको ५ लाख ४५ दिनभित्र उपलब्ध गराउने र क्षतिग्रस्त स्कुटर मर्मत गर्ने सहमति भएपछि यातायात सञ्चालन भएको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  २ : ५४ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु