सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न « Khabarhub

सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सशस्त्र प्रहरीले विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा शुक्रबार कीर्तिपुर नगरपालिका ६ स्थित टौदहमा विपद् प्रतिकार्य कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरूमा चुस्त दुरुस्त रूपमा परिचालन हुनको निमित्त पूर्व तयारी स्वरूप विपद् प्रतिकार्य कृत्रिम अभ्यास सञ्चालन गरिएको हो ।

उपलब्ध खोज तथा उद्धारका स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरूलाई सहभागी गराई बाहिनीस्तरिय कृत्रिम अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामंगलको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृत्रिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्य देश मध्ये विपद् व्यवस्थापन एउटा महत्त्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताए ।

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको पूर्वतयारीको कृत्रिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरीन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा, उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपतिहरु, नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरू, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकाय तथा सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ४ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति