सवारी दुर्घटनामा तीन जनाको मृत्यु      « Khabarhub

सवारी दुर्घटनामा तीन जनाको मृत्यु     


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ र सप्तरीमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

तनहुँको ब्यास नगरपालिका-९ कुमाल गाउँस्थित सडकमा लु २ त ८१३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही नगरपालिका-९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगरको मृत्यु भएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सडकमा प्र २.०१.००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय श्याम कुमार यादव र मोटरसाइकल सवार विकास खंगको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको छिन्नमस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको स्थानीय मेडिकल पश्चात् थप उपचारको लागि राजविराजतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : ३९ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र