अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारतको भ्रमण गर्ने « Khabarhub

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारतको भ्रमण गर्ने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् ।

अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् । यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ ।

भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्ने कार्यक्रम छ । जापानमा रहँदा त्यहाँका रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे लोयडले भ्रमण अवलोकन गर्ने कार्यक्रम छ ।

अमेरिका र जापानले गठबन्धनको क्षमतालाई आधुनिकीकरण गर्न, अमेरिकी सेनाको स्थितिलाई अनुकूलन गर्न र यस वर्षको सुरुमा ऐतिहासिक अमेरिका–जापान ‘२ ं२’ मन्त्रीस्तरीय बैठकपछि समान विचारधारा भएका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न महत्वपूर्ण कदम चालिरहेका बेला मन्त्री अस्टिनको भ्रमण हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि विदेशमन्त्री अस्टिन सिंगापुर जानेछन् । उनले सिङ्गापुरमा हुने ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ को २० औं साङ्ग्रिला वातालाई सम्बोधन गर्नेछन् ।

वार्ताको क्रममा विदेशमन्त्रीले आसियान केन्द्रीयतामा आधारित स्वतन्त्र र खुला हिन्द–प्रशान्तका लागि अमेरिकी साझा दृष्टिकोणको समर्थनमा यस क्षेत्रमा अमेरिकी रक्षा साझेदारीलाई अगाडि बढाउन प्रमुख नेताहरूसँग भेटघाट गर्नेछन् । सिङ्गापुरको भ्रमण सकेर सेक्रेटरी अस्टिनले भारत भ्रमण गर्नेछन् ।

डि–डेका ७९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पनि उनले भाग लिनेछन् । त्यहाँ फ्रान्सेली तथा बेलायतका रक्षा मन्त्रीहरूसँग भेटघाटपछि अस्टिनले फ्रान्सको भ्रमणका साथै आफ्नो भ्रमणलाई समापन गर्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : २७ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै