'नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरू ढुक्क छन्' | Khabarhub Khabarhub

‘नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरू ढुक्क छन्’


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा सहकारीप्रति विश्वसनीयता विस्तारै हराउँदै गइरहेको छ । धेरै सहरकारी संस्थाहरू टाट पल्टिएका छन् भने सञ्चालकहरू फरार भएको भन्ने खबरहरु पनि आइरहेका छन् । यसबाट निजी क्षेत्रका लगानीकर्ताहरूको बचत जोखिममा परेको छ । यस्तो अवस्थामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था अर्थात् एन.एम.सी.ले के गरिरहेको छ ? यस्तै विषयमा आधारित रहेर नेपाल बहुउद्देश्यीय सहरकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

एन.एम.सी.को सुरुवात कसरी भयो ?

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको संक्षिप्त नाम एन.एम.सी. राखियो । २०५० सालको फागुन २४ गते यसको सुरुवात भएको हो । २६ जना मान्छेले सहकारी के हो भन्ने नै नबुझी सहकारी खोलेका हुन् । बोर्डर क्षेत्र भएकोले इन्डियनहरूले हाम्रो पैसा बाहिर लगे, उनीहरुलाई किन पैसा बाहिर लैजान दिने भनेर एन.एम.सी खोलेका हौँ । अहिले एन.एम.सी मा तीन जिल्ला झापा मोरङ र इलाम समेटिएका छन् । यहाँ १ लाख ४२ हजार सदस्यको १३ अरबको कारोबार छ, हामीले ५ वटा व्यवसाय पनि गरेका छौँ । पहिलो व्यवसाय बचत तथा ऋणको व्यवसाय, दोस्रो २०७२ सालबाट डेरी उद्योग सञ्चालन गरेको छौँ, तेस्रो एकीकृत नमुना कृषि फार्म सञ्चालन गरेका छौँ, चौथो व्यवसायमा १६ वटा मार्टहरू सञ्चालन गरेका छौँ । पाचौँमा ३ वटा चिया उद्योगहरू सञ्चालन गरेका छौँ ।

सहकारीहरूमा पछिल्लो समय देखिएका समस्या, सञ्चालकहरू फरार भएका कुराहरूले झस्काउँदैन ?

सहकारीहरु नीति मूल्य मान्यता सिद्धान्तका आधारमा काम गर्छन् भने कुनै समस्या हुँदैन । हामीलाई पनि कुनै समस्या छैन । तर, जसले आफ्नो अनुकूलतामा चलाउन खोजे उनीहरु समस्यामा छन् । त्यसमा जो नजानेर बिग्रिए, तिनलाई राज्यले सच्याएर अगाडि लैजानु पर्छ । र, जानेर बिगार्नेलाई राज्यले सजायको दायरामा ल्याउनु पर्छ । हामी सुरुदेखी नै सदस्य बन्न आउनेलाई सहकारीका बारेमा बताउँछौँ र सदस्य भएका सबैलाई पनि वर्षमा दुई पटक बोलाएर सहकारीका नीति नियमबारे छलफल गर्छौँ । हाम्रा व्यवसायले गरेका काम, नाफा र घाटा सबैको जानकारी गराउँछौँ । यसले गर्दा हाम्रा सदस्यहरू एन.एम.सी. प्रति ढुक्क छन् ।

के कारण एन.एम.सी. मा समस्या देखिएन ?

समस्यामा परेका सहकारीभन्दा नपरेका धेरै छन् । हामी सदस्यलाई विश्वासमा लिएर कारोबार गर्छौँ । सहकारीको मूल्य मान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीहरू समस्यामा परेका छैनन् । राज्यले पनि सहकारी खोल्ने, चुप लागेर बस्ने  गर्‍यो। 

सहकारीमा समस्या आउनुमा राज्य पनि दोषी छ, किनकी दर्ता गरेपछि सहकारीले नीति नियमअनुसार काम गरेको छ कि छैन भनेर राज्यले पनि नियमन गर्नुपर्छ । हुन त राज्यले नियमन गर्न खोज्दा पनि गर्न सक्दैन, किनभने राज्यले संघ र सहकारीको सङ्ख्या बढ्दै गए पछि त्यो अनुसारको पहिला नै अनुगमन गर्ने क्षमता विकास गरेन । त्यसकारणले यो समस्या आयो । कतिपय सहरकारी सञ्चालन गर्ने व्यक्तिहरूको नियत राम्रो भएपनि उनीहरूले प्रविधिलाई बुझ्न सकेनन् र समस्यामा परे ।

अहिले भइरहेका सहकारीलाई नियमन गर्न छुट्टै संस्था चाहिएको हो ?

सहकारी स्वनियमनमा चल्नुपर्ने संस्था हो । सहकारीहरूले स्वनियमन गर्न नसकेर सङ्कटमा परेपछि राज्यले हेरिदिनुपर्थ्यो । राज्यले त्यस किसिमको संयन्त्र बनाउनुपर्थ्य, भएको संयन्त्रमा पनि त्यस्तो नैतिकता भएन । तिनीहरूले सही समयमा काम गर्न सकेनन् । त्यसैले अहिलेको अवस्थामा हेर्दा राज्यले सहकारीहरूलाई मनिटरिङ गर्ने एउटा तेस्रो निकाय बनाउनु पर्ने वा भएका विभागलाई सशक्त बनाउनुपर्‍यो

तपाइले सहकारी मार्फत कृषि क्षेत्रका बढी उन्मुख भएर सफलतामा पनि हुनुहुन्छ यो सफलताको मोडलहरू के छन् ?

हामीले ग्रामीण भेगका मान्छेलाई मध्यनजर गर्दै दूध उत्पादनका लागि १५ करोड लगानी गरेर डेरी खोल्यौँ । त्यो डेरीले नै कृषि जन्मायो । त्यससँगै हामीले यसरी पशुपालन गर्ने, फाइदा यसरी लिने भनेर बुझायौँ । हामीले जग्गा खरिद गरेर उन्नत प्रजातिका बाछीहरू भारतबाट ल्याएर गाई फार्म सुरु गर्‍यौँ, त्यसपछि तरकारीका बेर्नाहरू सुरु गयौँ । माछा पालन गर्‍यौ । हामी सफल भएका कार्यहरू कृषकलाई सिकाउने र उनीहरूले उत्पादन गरेका सामग्री हामीले किनेर मार्केटमा ल्याउने भनेर सुरु गर्‍यौँ । त्यसमा पनि हामीले जैविक मल र जैविक विषादी मात्र प्रयोग गर्न प्रोत्साहन गर्यौँ । रासायनिक माल प्रयोग नगरौँ भनेर भन्यौँ । त्यसैले बजारमा हामी रासायनिक मल नै प्रयोग नगरेका तरकारी ल्याउँछौँ ।

आगामी योजना के छ ?

अहिले हामीले सिटीसी चिया उद्योग सुरु गर्यौ र त्यो बजारमा पनि ल्याइसक्यौँ । अब चाँडै मह उद्योग खोल्दैछौँ । किसानले उत्पादन गरेका खाद्यान्न बाली किनेर प्याकेजिङ गरेर बजारमा ल्याउँछौँ । खाद्यान्न प्रशोधन गर्ने उद्योग यही वर्षभित्र ल्याउँछौँ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : १८ बजे

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर

पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौं – तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिबार विविध कार्यक्रम

शनिबार उपत्यकाका कुनकुन ठाउँमा काटिन्छ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

अमेरिकी डलर उच्च बिन्दुमा : शनिबारको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय