रुसले सिरियामा गरेको हवाइ आक्रमणमा १३ जना मारिए | Khabarhub Khabarhub

रुसले सिरियामा गरेको हवाइ आक्रमणमा १३ जना मारिए


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

दमासकस– रुसले उत्तरपश्चिम सिरियामा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित १३ जना मारिएका छन् । घटनामा घाइते भएका ३० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो ।

बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । 

गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरियामाथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो। तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन् । उनले आफू बजारमा रहेको बेला उक्त आक्रमण भएको बताए । 

उनले भने, ‘ कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा आक्रमण भयो । एक्कासि मेरो अगाडि एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरूलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ ।’

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभर एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको उनको भनाइ थियो।

अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जहाँ छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए।

दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारण मारिएको जनाइएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : २० बजे

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सुरु हुँदै 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज

ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि

महिलाले पाउजु किन लगाउने ?

हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ