सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्तिसम्बन्धी सुनुवाइ « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा आज क्षतिपूर्तिसम्बन्धी सुनुवाइ


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।

वादी पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिनु पर्ने वा नपर्ने भन्ने बारेमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेसँग वादी पक्षले यस अघि माग गरेको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो ।

तत्पश्चात् उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो।

जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डक्टरको प्रतिवेदन प्राप्त गरेपछि आजका लागि सुनुवाइ तोकेको हो ।

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहसको पेशी भने स्थगित छ। लामिछाने विश्वकप छनोटका लागि जिम्बावेमा रहेका कारण पेशी स्थगित गरिएको हो। 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ४८ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी