आज लागूऔषध दुरुपयोगविरुद्धको दिवस « Khabarhub

आज लागूऔषध दुरुपयोगविरुद्धको दिवस


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज लागूऔषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । 

विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले हरेक वर्ष जुन २६ का दिन यो दिवस मनाउने गरिएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन गृहमन्त्रालयको आयोजनामा आज काठमाडौँमा प्रभातफेरी निकालिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो । 

प्रभातफेरिमा सहभागीले लागूऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : ११ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच