काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन « Khabarhub

काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने ७२.५ किमी दूरीको द्रुतमार्ग आयोजनालाई १३ वटा प्याकेज बनाई अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघि बढाइएको जानकारी दिए । 

उनले भने, ‘हालसम्म सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा छ । तीन वटा प्याकेजको बोलपत्र प्रकाशन भई मूल्यांकनको चरणमा छ । बाँकी प्याकेज ड्रइङ, डिजाइनको कार्य अघि बढाइएको छ ।’

चालु आवको जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ छ । आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको छ । आव २०८०-८१ का लागि २२ अर्ब ५० करोड विनियोजन भएको छ ।

उपप्रधानमन्त्री खड्काले देशको आर्थिक, सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने उक्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। सेनाको व्यवस्थापनमा हाल मुलुकका कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक (च्याम्ताङ–घोङघप्पा खण्ड), बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्ना र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक, दार्चुला टिंकर (तुषारपानी–तिंकर खण्ड) सडक निर्माण भइरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ०२ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज