काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईले दिए राजीनामा « Khabarhub

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भट्टराईले दिए राजीनामा


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमबार राजीनामा दिएका हुन् ।

प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हालेपनि संसदीय समितिले विवेक प्रयोग गर्न नसकेको उनको टिप्पणी छ ।

 उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरू न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप समेत लगाए। उनले न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहर अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको बताए ।

भट्टराईले राजनीतिक मानिसहरू पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ५३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी