पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते « Khabarhub

पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानका विभिन्न क्षेत्रमा गत २४ घण्टामा भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्ह्वालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण छ जनाको ज्यान गएको हो ।

राजधानी इस्लामाबादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा तीन जनाको ज्यान गएको स्थानीय उद्धार टोलीले जनाएको छ ।

भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ ।प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन् ।

प्रि–मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ३४ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय