माइग्रेन भएको कसरी थाहा पाउने ? « Khabarhub

माइग्रेन भएको कसरी थाहा पाउने ?


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय टाउको दुख्ने समस्याबाट कोही अछुतो नहोला। प्राय सबैको मुखबाट आज मलाई कस्तो टाउको दुख्यो भन्ने भनाइ सुन्न सकिन्छ। त्यसैगरी लगभग ९० प्रतिशत मानिसमा वर्षमा एक पटक टाउको दुखेको हुन्छ। त्यसैले पछिल्लो समय माइग्रेनको समस्या धेरै बढिरहेको छ। टाउको धेरै दुखेको अवस्थालाई दुई भागमा वर्गीकरण गरिन्छ। प्राइमरी र सेकेन्डरी। सेकेन्डरीमा अन्य केही कारणले टाउको दुख्छ भने प्राइमरीमा अन्य कारण हुँदैन। करिब १६ प्रतिशत मानिसमा टाउको दुखाइको कारण माइग्रेन रहेको चिकित्सकको भनाइ छ। यो समस्या पुरुषमा भन्दा महिलामा तीन गुणाले बढी रहेको चिकित्सकहरूको भनाइ छ। माइग्रेन भनेको के हो ? के कारणले हुन्छ ? माइग्रेन भएको कसरी थाहा पाउने ? माइग्रेन भएपछि के गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. सुनिल कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश:

माइग्रेन भनेको के हो ?
माइग्रेन हुँदा टाउकोको भाग धेरै दुख्छ। सामान्य रुपमा भन्दा माइग्रेनले टाउकोको आधा भाग दुख्छ। कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ। माइग्रेनको दुखाइ तीन चार दिनसम्म रहनसक्छ। माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ। जुन पीडा सहन बिरामीलाई गाह्रो नै हुन्छ। माइग्रेन भएका व्यक्तिले दूध, दही आइसक्रिम, अचार, चकलेट खाँदा समस्या झन बढ्ने गर्छ। टाउकोको विभिन्न भागमा थिचेर मसाज गर्दा दुखाइ कम हुन्छ।

माइग्रेन भएको भनेर कसरी थाहा पाउने ?
माइग्रेन हुँदा केही लक्षणहरू देखा पर्छन्। माइग्रेन हुँदा बेस्सरी टाउको दुख्छ। कसैलाई आधा भागमा दुख्छ। चार घण्टादेखि ७२ घण्टासम्म टाउको दुखिरहेको दुख्छ। कसैको आवाज सुन्दा, होहल्लामा जाँदा अझै बढी दुख्ने गर्छ। माइग्रेन हुँदा उल्टी आउला जस्तो हुने र कसैलाई उल्टी हुने पनि हुन्छ। यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ। एउटा मानिसलाई तीनदेखि चार पटकसम्म यस्तो समस्या देखियो भने माइग्रेनको समस्या भएको बुझ्नुपर्छ।

माइग्रेनको समस्या सबै भन्दा बढी कुन उमेर समूहमा हुन्छ ?
माइग्रेनले टाउको दुख्ने मुख्य कारण भनेको तनाव हो। युवाहरूले खानपानमा ध्यान नदिनु, निद्रा नपुग्नु, धूम्रपान, मद्यपान बढी गर्नाले माइग्रेनको समस्या युवामा बढी छ। युवा पुस्ताले धेरै इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने र समयमा नसुत्ने भएकाले माइग्रेन बढेको पाइन्छ।

माइग्रेनको समयमै उपचार नगरे के हुन्छ ?
माइग्रेन हुँदा औषधि खायो भने बानी पर्छ। सधैभरी खानु पर्ला कि भन्ने डरले औषधि नै नखाने हाम्रो मानसिकता छ। यो सधैँ खानै पर्ने औषधि होइन। र, खाँदैमा बानी पनि पर्दैन। औषधि नखाँदा झन् धेरै समस्या देखा पर्नसक्छ। त्यसैले नियमित डाक्टरको सल्लाहमा औषधि सेवन गर्नु उपयुक्त हुन्छ। जीवनशैलीमा परिवर्तन गरेर स्वास्थ्य जीवनशैली जिउन सकियो भने यस्ता समस्याबाट बच्न सकिन्छ।

माइग्रेनको उपचार कसरी गर्ने ?
सबै भन्दा पहिले हामीले खाना, निन्द्रा, व्यायाममा विशेष ध्यान दिनुपर्ने हुन्छ। तनावलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। यदि कसैलाई तीन चार महिनामा एक पटक माइग्रेन हुन्छ भने माइग्रेन हुने समयमा मात्र औषधि खानुपर्छ। निरन्तर रूपमा टाउको दुखिरहन्छ भने औषधि खानुपर्छ। कतिपय औषधिको साइड इफेक्ट हुन्छ भने कतिको हुँदैन। औषधि भने मानिसको अवस्था बुझेर घटाउने या बढाउने गरिन्छ।

माइग्रेन हुनै नदिन के गर्ने त ?
कसैलाई दही खाँदा दुख्नसक्छ भने कसैलाई चिसो पेय पदार्थ खाँदा दुख्छ। त्यसैले माइग्रेन हुने व्यक्ति आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु हुँदैन। मोही, चिसो पेय पदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ। यस्तै धेरै बेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ०३ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६