फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै | Khabarhub Khabarhub

फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । आज समूह सीमा रहेको जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा समूह बीमा रहेका क्यानडा र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

जापान र कोस्टारिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुनेछ । जापान लगातार दोस्रो जितका लागि राउन्ड अफ सिक्सटिन नजिक पुग्ने लक्ष्यमा रहँदा कोस्टारिका भने पहिलो जितको खोजिमा हुनेछ ।

कोस्टारिका आफ्नो पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । जापानले भने जाम्बियामाथि फराकिलो जित निकालेको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् ।

यस्तै आज दिउँसो सवा १ बजे स्पेन र जाम्बिया आमने सामने हुनेछन् । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुनेछ ।

यसैगरी आज साँझ पौने ६ बजे हुने खेलमा क्यानडा र आयरल्याण्ड भिड्ने छन् । यी दुई टिम समूह बीमा रहेका छन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितेको खोजिमा हुने छन् । आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ५३ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन