अमेरिकामा अत्याधिक गर्मी | Khabarhub Khabarhub

अमेरिकामा अत्याधिक गर्मी


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् ।

अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ ।

डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूक एक तिहाइ बिरामीहरू यस प्रकारको चोटबाट पीडित छन्।

बीबीसीका अनुसार फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा. केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी गर्मीका कारण आफैँ लडेर बेहोस भएका मानिसहरू हुन् ।

फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।

एरिजोना बर्न सेन्टरका डाक्टर केभिन फोस्टरले बीबीसी न्यूजलाई भने कि केन्द्रमा सबै  ४५ अस्पतालका बेड भरिएका छन्। ती बिरामीहरू मध्ये लगभग एक तिहाइ कंक्रीट र डामर सतहहरूमा जलेका कारण अस्पताल आएका हुन ।

 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०१ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन