गोरखापत्रका अध्यक्ष सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन, १२ जनाको नियुक्ती खारेज « Khabarhub

गोरखापत्रका अध्यक्ष सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन, १२ जनाको नियुक्ती खारेज


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षा बिष्णुप्रसाद सुवेदीलाइ भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ । तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाइ नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता  केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए । यसरी नियुक्त गर्दा विधि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ ।

‘गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनियमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ ।

केन्द्रका अनुसार सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि हुन पुगेको थियो ।

सो नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा