राउते खोलाले सडक बगाउँदा स्थानीयलाई सास्ती | Khabarhub Khabarhub

राउते खोलाले सडक बगाउँदा स्थानीयलाई सास्ती


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका ६ वटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो ।

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ ।

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो ।

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी मानबहादुर सुनारले बताए । जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उनको भनाइ छ ।

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए । छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ । उनले सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए ।

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयवासी टंक घिमिरेले बताए । असार ८ गते खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्याएको उनको भनाइ छ । बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ ।

गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ४४ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण