बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका ६ बयलहट्टी बजारस्थित माइतमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी १४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अमानुल्लाहले यास्मिनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । अनानुल्लाहलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटनापछि अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : १५ बजे

मुख्यमन्त्री कार्की सर्वोच्च जाने

विराटनगर– प्रदेश प्रमुख पर्शुराम खापुङले छैटौँ सरकार गठनका लागि आव्हान

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौं– अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं– खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

मुख्यमन्त्री केदार कार्की बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली