‘चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ’ « Khabarhub

‘चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ’


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

चिनियाँहरुमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले सामाजिक आर्थिक समस्या उत्पन्न हुने देखिएको छ । पछिल्लो एक दशकमा चीनमा विवाहको दरमा ५० प्रतिशतले कमी आएको छ । यसबाहेक दम्पत्तिमा सन्तान नजन्माउने प्रवृत्ति पनि बढ्दै गएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले जारी गरेको तथ्यांकमा सन् २०१३ मा १ करोड ३० लाख विवाह दर्ता भएका थिए । सन् २०२२ सम्म आइपुग्दा त्यो सङ्ख्या ६८ लाखमा झरेको छ । गुआङडोङका जनसङ्ख्याशास्त्री ह यापुका अनुसार चीनमा विवाहको यो दर सन् १९८० यताकै न्यून हो ।

घट्दो युवा जनसङ्ख्या, लैङ्गिक अनुपातमा असमानता, ढिलो विवाह गर्ने प्रचलन, विवाह गर्दा आवश्यक खर्चमा वृद्धि, उच्च महङ्गी, बेरोजगारी, सन्तान पाल्न आवश्यक खर्च वृद्धिजस्ता कारणले चीनमा विवाहको दरमा कमी आएको बताइन्छ ।

जन्मद बढाउन चीनले सन् २०१६ मा एक सन्तान नीति खारेज गरेको थियो । त्यसबाहेक धेरै सन्तान जन्माउने दम्पत्तिलाई प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने व्यवस्था पनि गरिएको थियो । यसका बावजुद चीनमा जन्मदर बढ्न सकेको छैन । महिलाहरु घरजम र सन्तानोत्पादनभन्दा आफ्नो करिअरतर्फ बढी केन्द्रित भएका कारण पनि जन्मदरमा खासै उपलब्धि नभएको बताइन्छ ।

हाल चीनमा ‘डबल इनकम, नो किड्स’ अर्थात्, सन्तानरहित दोहोरो आम्दानी गर्ने परिवारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चीनको सिन्मिन इभिनिङ नामक अखबारले गरेको सर्वेक्षणअनुसार चीनमा कलेज पढ्ने उमेरका ७७ प्रतिशत युवाहरुले आफ्नो आर्थिक अवस्थाअनुसार सन्तान जन्माउनेबारे निर्णय लिने प्रतिक्रिया दिएका छन् । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीको युवा विभागको सर्वेक्षणअनुसार ४४ प्रतिशत चिनियाँ महिलाहरु विवाह गर्ने विषयमा अनिर्णित छन् ।

चीनको स्वास्थ्य आयोगका वरिष्ठ अधिकारी याङ जिनरुइले लामो स्कूले जीवन, रोजगारीको उच्च दबाब र तनावपूर्ण जीवनशैलीका कारण पनि विवाहप्रति चिनियाँहरुको रुची घट्दो रहेको बताए । चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्यामा पनि कमी आएको छ ।

सन् २०१० मा चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्या ३८ करोड रहेकोमा सन् २०२० मा यो घटेर ३३ करोड ४० लाखमा झरेको छ । बढ्दो वृद्ध जनसङ्ख्याका कारण सन् २०१६ र २०२१ का बीच चीनमा प्रजनन हुने उमेरका महिलाको सङ्ख्या पनि ५० लाख प्रतिवर्षले घटेको छ ।

विज्ञहरुले विवाह र सन्तानोत्पादनप्रति चिनियाँहरुको वितृष्णाले जनसङ्ख्या संकट बढ्ने र भविष्यमा यसले भयावह अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन् ।

विवाहप्रतिको वितृष्णा, घट्दो जन्मदर र प्रजनन हुने महिलाको घट्दो सङ्ख्याले चीनमा वृद्ध जनसङ्ख्याको वृद्धि थप तीव्र हुने अनुमान गरिएको छ । यसबाट श्रमशक्ति र आन्तरिक बजारमा माग पनि घट्ने र यसबाट चीनको सामाजिक आर्थिक अवस्थामा नकारात्मक असर पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : ५९ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो