इन्सेकद्वारा ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई दिने घोषणा « Khabarhub

इन्सेकद्वारा ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई दिने घोषणा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ ।

इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुनलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा यही साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा प्रदान गरिनेछ । खातुनलाई ५० हजारसहित सम्मान गर्न लागिएको हो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको सम्झनामा नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।

काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

यसअघि उक्त पुरस्कार वरिष्ठ पत्रकार विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कङ्साकार, डा. गौरीशङ्करलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जनालाई प्रदान गरिसकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : १५ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री