जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ३४ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच