उदयपुरमा उद्धार गरिएको हुचिल डिभिजन वन कार्यालयमा बुझाइयो | Khabarhub Khabarhub

उदयपुरमा उद्धार गरिएको हुचिल डिभिजन वन कार्यालयमा बुझाइयो


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको छ ।

स्थानीय वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राईले गोरेटोलाइनमा घाइते अवस्थामा फेला पारेको संरक्षित पंक्षी मलाहा हुचिल बुधबार वन कार्यालयमा बुझाइएको हो ।

अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य कसैले भेटेको भए बिक्री गर्न सक्ने भएको हुदा यस्ता संरक्षित पंक्षी वन कार्यालयलाइ बुझाउन उचित ठानेकोले आफूले डिभिजन वन कार्यालय बेल्टारमा सम्पर्क गरेर बुझाएको सुनिल राईले बताए । मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो ।

करिब ६० वर्ष आयु हुने मलाहा हुचिलको तौल तीन केजीभन्दा बढी हुँदा खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने शोधकर्ताहरु बताउँछन् । लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ४३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन