भरतपुरस्थित क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्ष न्यौपानेलाई « Khabarhub

भरतपुरस्थित क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्ष न्यौपानेलाई


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा विजयराज न्यौपानेलाई अधिकार दिइएको हो । अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा न्यौपानेलाई दिएको हो ।

अध्यक्ष डा न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा न्यौपानेले भने, “अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो । सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ । सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ ।

मनोनित चिकित्सक सदस्य मध्येबाट एक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ । अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा शिवजी पौडेल, डा विजय आचार्य र डा कृष्णसागर शर्मा रहनुभएको जनाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  २ : ५० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक