एमालेद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग « Khabarhub

एमालेद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो । 

एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे । 

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने,  गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे सरकारबाट जवाफ आउनुपर्ने भन्दै उनले अन्यथा संसद बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : २४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच